Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • संसद विघटनविरुद्धको मुद्दा बृहत पूर्ण ईजलासमा लैजान सरकारी पक्ष असहमत

    संसद विघटनविरुद्धको मुद्दा बृहत पूर्ण ईजलासमा लैजान सरकारी पक्ष असहमत

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 1.8K
    SHARES

    काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा बृहत पूर्ण ईजलासमा लैजान सरकारी पक्ष असहमत भएको छ ।

    सर्वाेच्चमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा जारी सुनुवाईका क्रममा सरकारी पक्षले त्यस्तो असहमति जनाएको हो ।



    प्रधानन्यायाधिसले सुनुवाईका क्रममा बृहत पूर्ण ईजलासको धारणा बारे सरकारी पक्षलाई सोधेका थिए । जवाफमा सहमति छैन भनेर सरकारी पक्षले जवाफ दिएको थियो ।



    बृहत पूर्ण इजलासमा जाने कि नजाने भन्ने विषयबारे प्रधानन्यायाधिसले एक घण्टाको समय दिएका छन् ।

    अहिले अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार