Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओलीको राष्ट्रभक्तिलाई कालापत्थरमा पुगेर बदला लिए भारतीय पत्रकारले, यसरी दाबी गरे सगरमाथा

    ओलीको राष्ट्रभक्तिलाई कालापत्थरमा पुगेर बदला लिए भारतीय पत्रकारले, यसरी दाबी गरे सगरमाथा

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पत्रकार सुधिर चौधरीलाई बालुवाटारमा बोलाएर सोमबार अन्तर्वाता दिएपछि उनको राष्ट्रभक्तीको बारेमा सामाजिक सन्जालदेखी सबैतिर हाइहाइ भयो ।

    नेपाल र नेपालीलाई सधैं होच्याउने भारतीय पत्रकार सुधिर चौधरीलाई ओलीले पाठ सिकाएको भन्दै हाइहाइ भएको थियो।



    ओलीले  भारतीय न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक चौधरीको टोलीलाई बालुवाटारमा  स्वागत गरेका थिए ।



    तर, हिजो मात्र  जी चौधरीले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि हुनुपर्ने दाबी गरेर समाचार प्रशारण गरेर नेपाललाई ठाडो चुनौती दिएका छन्।

    चौधरीले  सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेका छन् ।

    जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुग्यो । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’

    उनले भारतसँग सगरमाथाको साइने भएको पनि दाबी गरे । भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ?  वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् । ’भन्दै उनले माउन्ट एभरेस्ट भारतले दाबी गर्नुपर्ने कुतर्क पेश गरे।

    चौधरीले थप कुतर्क दिँदै भने  , ‘राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

    हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । ’

    चौधरीले आफ्नो यो यात्राले माउन्ट एभरेष्टको सही अर्थ र महत्व बुझाउने कुरामा आफू आशावादी भएको दाबी गरे । भारतीत गुप्तचर संस्था ‘रअ’ प्रमुख प्रमुख सामन्त गोयललाई नेपाल ल्याएको टोलीले नै चौधरीलाई बालुवाटार पुर्याइ प्रधानमन्त्री ओलीसँग अन्तरवार्ता मिलाईदिएको स्रोतको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार