Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सरकारको स्वार्थमा बढुवा भएका एआईजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

    सरकारको स्वार्थमा बढुवा भएका एआईजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीले सरकारको स्वार्थमा भर्खरै बढुवा भएका एआईजी विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ ।

    पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा डिआईजीसहित ३७ सदस्य रहेका छन् । तर, आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी प्रधान कार्यालयको भनाइ छ ।



    पोखरेलको समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्ने वताइएको छ ।



    निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने जनाइएको छ ।

    गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएपछि  नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो । स्रोतका अनुसरा सरकारकै स्वार्थमा पोखरेललाई केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समितिको प्रमुख बनाइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार