Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ट्रम्पलाई तत्काल राष्ट्रपति पदबाट हटाउनका लागि संसदमा बहस

    ट्रम्पलाई तत्काल राष्ट्रपति पदबाट हटाउनका लागि संसदमा बहस

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्जेटिव्यमा राष्ट्रपति ट्रम्पलाई हटाउनका लागि एक प्रस्तावमाथि बहस भएको छ ।

    प्रस्तावमा ‘ट्रम्पले पूरा प्रचारका साथ र खुल्ला रुपमा उक्त भीडलाई उक्साए’ जसले गत हप्ता अमेरिकी संसदमा हमला गरेका थिए भन्ने आरोप लागेको छ ।



    प्रस्तावमा उप–राष्ट्रपति माइक पेन्सले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ ।



    डेमोक्रेट्स जसको हाल सदनमा बहुमत छ, उनीहरुले पेन्सलाई तत्काल संविधानको २५ औं संशोधनको प्रयोग गर्दै राष्ट्रपति ट्रम्पलाई यो पदका लागि अयोग्य घोषित गरिदिन आग्रह गरिरहेका छन् ।

    २५ औं संशोधन अनुसार उप–राष्ट्रपतिलाई राष्ट्रपति बन्ने अधिकारी हुन्छ जब राष्ट्रपति आफ्नो जिम्मेवारी निभाउन असमर्थ हुन्छन् उदाहरणको रुपमा यदि उनी शारीरिक र मानसिक रोगका कारण अयोग्य हुने गर्छन् ।

    सदनमा २५ औं संशोधनको धारा ४ माथि बहस भइरहेको छ जसले उप–राष्ट्रपतिलाई क्याबिनेटको बहुमतसँग मिलेर राष्ट्रपतिलाई आफ्नो जिम्मेवारी निभाउनका लागि अयोग्य घोषित गर्न सक्छन् ।

    उप–राष्ट्रपतिले संसद अध्यक्ष तथा माथिल्लो सदन सिनेटका प्रेसिडिङ अफिसरलाई एक पत्र लेखेर राष्ट्रपति पदका लागि योग्य नभएको भनेर पत्र लेखेर जानकारी दिनुपर्ने हुन्छ ।

    यस्तो गरेपछि उप–राष्ट्रपति तत्काल राष्ट्रपति बन्नेछन् ।

    यी सबका बीच राष्ट्रपतिले लिखित जवाफ दिने मौका दिइन्छ र यदि उनले यो निर्णयको चुनौती दिन्छन् तर यो संसदले निश्चित गर्नुपर्ने हुन्छ ।

    सिनेट र तल्लो सदनमा राष्ट्रपतिलाई हटाउन लागि कुनै प्रस्ताव पारित गर्नका लागि दुई तिहाई बहुमतको आवश्यकता हुन्छ । तर जबसम्म यो मामिलामा कुनै हल निस्कँदैन तबसम्म उप–राष्ट्रपतिले राष्ट्रपतिको स्थानमा काम गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार