Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पोखराबाट प्रचण्डको उद्घोष : केपीभन्दा माधव नेपाल हजार गुणाबढी इमान्दार

    पोखराबाट प्रचण्डको उद्घोष : केपीभन्दा माधव नेपाल हजार गुणाबढी इमान्दार

    अनलाइन नेपाल
  • मंगलबार, २८ पुष २०७७
  • 2.6K
    SHARES

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधबकुमार नेपाल सुशासनको पक्षधर रहेको बताएका छन् ।

    पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको र केपी शर्मा ओलीभन्दा हजार गुणाबढी इमान्दार भएको बताएका हुन् ।



    ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’, छन् प्रचण्डले भने ।



    गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’

    प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताए । ‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ? माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’, प्रचण्डले भने ।

    आफूहरु जालझेल गर्नेको पक्षमा नरहेको पनि उनले बताए । तर, ओलीले भने पार्टी एकता पछि बसेको पहिलो स्थायी कमिटी बैठकबाटै घच्याकघुच्चुक गर्न थालेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार