बढ्याे सुनको मूल्य

बढ्याे सुनको मूल्य

अनलाइन नेपाल
  • मंगलबार, पुष २८ २०७७

  • 1.1K
    SHARES

  • बढ्याे सुनको मूल्य

    काठमाडौं । मंगलवार सुनको मूल्य तोलामा ६ सयले बढेकाे छ । सोमवार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियो ।

    आज मूल्य बृद्धि भइ प्रतितोला ९२ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।

    सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेकोमा आज मूल्य बृद्धि भइ चाँदी १२ सय ५० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार