Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा कोरोना खोप ‘प्राथमिकता’

    परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा कोरोना खोप ‘प्राथमिकता’

    अनलाइन नेपाल
  • मंगलबार, २८ पुष २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा कोरोना खोप आपूर्तिको विषयले उच्च प्राथमिकता पाउने भएकाे छ । मन्त्री ज्ञवालीले नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि बिहीबारबाट भारत भ्रमण गर्न लागेका छन् ।

    बैठकमा नेपाल र भारतबीच रहेका दुई दर्जनभन्दा बढी संयन्त्रमा हालसम्म भएका छलफल र तिनको प्रगति समीक्षा हुनेछ ।आयोगको बैठक द्विपक्षीय संयन्त्रहरूमा हालसम्म भएका छलफलहरूको समीक्षामा सीमित हुने तर थाती रहेका विषयहरूको गाँठो फुकाउने सम्भावना ‘न्यून’ रहेको स्रोतको दाबी छ ।



    भ्रमणका बेला दुई देशबीच कोरोनाविरुद्धको खोप आपूर्तिका सम्बन्धमा भने बृहत् छलफल हुने र निर्णय हुने सम्भावना रहेको बताइन्छ । ‘आयोगको बैठकमा छलफल त दर्जनौं विषयमा होलान् तर उपलब्धिका हिसाबले भ्रमण विशेषगरी खोपमा केन्द्रित होला जस्तो छ,’ स्रोतले भन्यो ।



    चर्चामा आएजसरी, लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा वा ईपीजी प्रतिवेदनमा ‘निर्णायक’ कुराकानी हुन सक्ने संकेत देखिएको छैन । आयोग दुवै देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रमध्ये सबैभन्दा माथिल्लो हो । आयोगको पाँचौं बैठक गत वर्ष काठमाडौंमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार