Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'संसद विघटन गरेर केपी ओलीले ठिक गरे'

बुटवल। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या अदालतले गर्ने व्यवस्था रहेको बताएका छन्। त्यसकारण संसद विघटनको पक्ष र विपक्षमा भएका कार्यक्रम गलत भएको भण्डारीले बताए।

सोमबार बुटवलमा आयोजित साक्षात्कारमा भण्डारीले पूर्वन्यायाधीशहरुको वक्तव्य पनि गलत भएको टिप्पणी गरे। संसद विघटन सही कि गलत बेग्लै विषय भए पनि अदालतमा विचारधीन मुद्दामा पूर्व प्रधानन्यायाधीशहरुले सामूहिक वक्तव्य जारी गर्दा फैसला प्रभावित हुनसक्ने उनको बुझाइ छ।

‘प्रचण्ड, माधव र ओली संविधानका व्याख्याता होइनन्,’ उनले भने, ‘शंका र अलमल भएको अवस्थामा सर्वोच्च अदालतले व्याख्या गर्ने प्रावधानलाई हामी ध्यान दिऔं।’ उनले अदालतले संसद पुनस्थापना गरे कांग्रेसले स्वागत गर्नुपर्ने र नगरे चुनावमा जानुपर्ने बताए।

राजनीतिक अस्थिरताको अवस्थामा नयाँ जनमत लिने कदम ठिक भएको उनले दोहोर्याए। भण्डारीले भने, ‘करिव दुई तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरह्यो, उनको सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो।’

हरेक समस्याको समाधान जनता भएको उल्लेख गर्दै उनले देश बन्धक बन्नुभन्दा निकासका लागि चुनाव उपयुक्त भएको दाबी गरे। कांग्रेस कमजोर हुँदा देशमा अस्थिरता बढेको उल्लेख गर्दै उनले अहिले अब बलियो हुने अवसर आएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077