Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापा भन्छन् - ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् ।

राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन पुगेका उनले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताए ।

‘‘राजनीतिक दृष्टिकोणका हिसाबले वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ”, उनले भने, “राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।” अध्यक्ष थापाले संसद् विघटनपछि अहिले सडकमा पक्ष विपक्षमा भइरहेको विरोधको कार्यक्रम उपयुक्त नभएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटनको भइसकेपछि अहिले देशमा संवैधानिक जटिलता थपिएको बताए । अध्यक्ष थापाले संविधानमा देखिएको अस्पष्टताको व्याख्या गर्ने अधिकार अब सर्वोच्च अदालतलाई भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077