Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीमा नाका खोल्ने निर्णय चाँडै हुन्छ : उपप्रधानमन्त्री पोखरेल

बारा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताएका छन् ।

बाराको कलैयामा सोमबार आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सभालाई सम्बोधन गर्दै उनले नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताएका हुन् ।

‘सीमा नाका बन्दले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ उनले भने, ‘सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु ।’

सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए । सीमा खोलिँदा सचेतना भने कायम राख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077