Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ३७ लाख अवैध रकमसहित एकजना पक्राउ

    ३७ लाख अवैध रकमसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 5.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

    काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित चितवनको माडी नगरपालिका–६ का रामकुमार गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    सोमबार बिहान चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको हाइस गाडी जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।



    उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

    गुरुङलाई नियन्त्रणमा लिएर बरामद भएको रकम र चेकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार