Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • श्रीलंकामा महिलालाई बेचेर फरार विश्वकर्मा पक्राउ

    श्रीलंकामा महिलालाई बेचेर फरार विश्वकर्मा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 2.6K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले मानव बेचबिखनमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका अमृत नेपाल चनिने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मा रहेका प्रहरीले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका विश्वकर्मालाई झापाबाट पक्राउ गरेको हो ।



    अमृतले २४ वर्षीया महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्‍याएका थिए ।



    श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार