Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

    कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 2.9K
    SHARES

    कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    आइतबार मन्त्री रावललाई पीसीआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।



    “कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो”, उनले भने, “चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौँ पठाइएको छ ।”



    कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार