Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘केटी साथी’ को विषयमा भएको झगडाले लियो युवककाे ज्यान

    ‘केटी साथी’ को विषयमा भएको झगडाले लियो युवककाे ज्यान

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 3K
    SHARES

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार साँझ बूढानीलकण्ठ–६ का सुशील तामाङले ज्यान गुमाए । चार दिनअघि बूढानीलकण्ठमा रहेको छैलुङ गुम्बा नजिकै दुई समूहबीचको झडपमा छुरा लागेर सुशील गम्भीर घाइते भएका थिए । उपचार गराउँदै जाँदा उनले ज्यान गुमाए ।

    सुशीलको हत्यामा संलग्न आरोपी मकवानपुरको टिष्टुङ घर भएका राज सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न राज सिंहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।



    सुशील र राज सिंह मिल्ने साथी हुन् । पुस २३ मा साँझ उनीहरु बूढानीलकण्ठ माथि चिसेनी डाँडामा खानपिन गर्न गएका थिए । सँगै थिए, अर्का मिल्ने साथी लाक्पा शेर्पा । लाक्पाले आफूले दाई भन्ने गरेका उमेश तामाङलाई पनि चिसेनी डाँडामा बोलाए ।



    सँगै बसेर छ्याङ खाए । त्यहाँ, उमेश र राज सिंहको बीचमा विवाद भयो । उमेशको पूर्वप्रेमिका पछिल्लो समय राज सिंह ठकुरीसँग प्रेममा थिइन् । सो विवाद बढ्दै जाँदा उमेशले आफ्ना अन्य साथीहरुलाई फोन गरे ।

    फर्किंदा बाटोमा झगडा गर्ने सुरले राज सिंह एउटा होटलमा छिरे, चक्कु लिएर आए । हात्तिगौंडा माथि आएपछि उमेशका सहयोगी र राज सिंहको बीचमा झगडा भयो । राज सिंहले उमेशका साथी सोचेर हानेको चक्कु सुशील तामाङको पेटमा घोपियो ।

    त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरुले चक्कुले घोपेर सुशीलको किड्नीमा चोट लागेको प्रहरीलाई बताएका छन् । सुशीलको मृत्युपछि भागेका राज सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले चितवनबाट पक्रेर काठमाडौं ल्याएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार