काठमाडौं । पार्टी टुक्रिएपछि एउटा समूहमा सिमित बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १५०१ पुर्याएका छन् ।
मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ ।
अपानिमा ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’ उल्लेख छ ।
पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो ।
यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्याएका थिए ।
Leave a Reply