Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी, राजिनामा दिन सुझाव

    राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी, राजिनामा दिन सुझाव

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको समाचार बाहिरिएको छ ।

    बीबीसीले जनाए अनुसार महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् ।



    सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने पनि विविसीले उल्लेख गरेको छ ।



    महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन सुझाव दिएका छन् ।

    सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् ।

    पेलोसीले आइतबार साँझ आफ्ना साथीहरुलाई पठाएको पत्रमा हालका राष्ट्रपतिले लोकतन्त्रमा हमला गरेको हुँदा तत्काल कारबाही आवश्यक रहेको जनाएकी छन् ।

    सभामुख पेलोसीका अनुसार ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले पूरै मन्त्रिमण्डललाई मनाएपछि २५ औं संशोधन लागू हुनेछ र उनले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुन्त पद सम्हाल्ने छन् ।

    महाअभियोग प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको आरोप लगाइएको छ । साथै ट्रम्पमाथि संयुक्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप पनि छ ।

    गत हप्ता ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । सो हिंसामा एक जना प्रहरी अधिकारी र चार जना सर्वसाधारणको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार