Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रामनगरी आगलागी प्रकरण : बाबु आमा मिलेर लक्ष्मीपूजाको दिन छोरीलाई जिउँदै जलाएको रहस्य खुल्यो

    रामनगरी आगलागी प्रकरण : बाबु आमा मिलेर लक्ष्मीपूजाको दिन छोरीलाई जिउँदै जलाएको रहस्य खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 3.9K
    SHARES

    छोरीलाई आगो लगाउने आमा लालमती

    वीरगञ्ज । २०७७ साल कार्तिक २९ गते अधिकांश नेपालीहरु हिन्दू धर्मावलम्वीहरुको महान पर्व तीहारको रमझममा थिए । उनीहरु २९ गते परेको लक्ष्मीपूजाको दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आरधाना गर्नमै ब्यस्त थिए ।

    तिहारमा लक्ष्मीपूजालाई भाइटिकापछिको प्रमुख दिन मनिन्छ । चारैतिर रमझम, झिलिमिली भइरहेका बेला पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा भने बाबु आमाको सल्लाहमा कल्पनै गर्न नसकिने घटना भएको अहिले आएर खुलेको छ ।



    लक्ष्मीपूजाको दिन राति ९ बजेतिर बाबु मनबोध साह तेली र उनकी श्रीमती लालमती देवीले आफ्नै १५ वर्षीया छोरी माना कुमारीलाई जिउँदै जलाउने निर्णय गरे ।



    बाबु आमाको सल्लाह अनुसार नै छोरी माना कुमारीलाई घर भित्रै राखेर बाबु आमाले फुसको घरमा आगो लगाए । करिव १० बजेतिर आगलागी भएको खबर प्रहरीकहाँ पुग्यो ।

    सञ्चारमाध्यमहरुमा पनि आगलागी भएको खबर प्रकाशित भए । तर, अहिले सो घटना भवितव्यमा आगोलागी नभई आगो लगाइएको खुलेको छ ।

    १५ वर्षिया छोरी तल्लो जातको केटासँग लागेको भन्दै आमा–बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको मृतककी भाउजुले पुष्टि गरेकी हुन् ।

    यद्यपी प्रहरीले पनि घटना संकास्पद भएको भन्दै त्यसबेलादेखि नै अनुसन्धान थालेको थियो ।

    सुरुमा प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएयो र दमकलको सहयोगमा आगो निभाएपछि भित्र माना कुमारीको शव भेटियो ।

    बाबु आमाले उनी निदाएकै अवस्थामा जलेर मरेको बताएका थिए । तर, घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी इलाका प्रहरी कार्यालय पोखरियाले भने शवको प्रकृति हेरेपछि शंका लागेर अनुसन्धान सुरु गरेको थियो ।

    यहाँ प्रहरीको शंका सत्य हुन पुग्यो । इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले घटनास्थल पुगेर हेर्दा तल खाटमात्रै जलेको र खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखेपछि अनुसन्धान सुरु गरेका बताए

    प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको प्रहरीसमक्ष बयान दिएपछि घटनाले नयाँ मोड लिएको हो ।

    त्यसपछि प्रहरीले लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

    मृतकका बुबा मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

    लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

    शिक्षकसँग मृतक माना कुमारीको सम्बन्ध
    मृतककी आमा लालमती देवीले प्रहरी समक्ष दिएको बयान अनुसार कक्षा ९ मा पढ्ने छोरी मानाको सोही विद्यालयमा पढाउने शिक्षक रामबाबु चमारसँग अवैध सम्बन्ध रहेको थियो । होम ट्युसन पढाउने आउने चमारसँगको सम्बन्धकै कारण उनको हत्या भयो ।

    यसरी गरेका थिए छोरीको हत्या
    कात्तिक २९ गते साँझ ६ बजे घरपरिवारका सबै सदस्यले लक्ष्मीपूजा गरेर खाना खाएर ८ बजेतिर सुत्न ओछ्यानतिर गएका थिए । छोरी सुतिन् । आमा लालमती र बुवा मनबोधले भने छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकाले र आगो लगाएर मारिदिनुपर्छ भनेर सल्लाह गरे । त्यसपछि आमा पनि छोरीसँगै सुत्न गइन् ।

    छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन् ।

    बुहारी मनिषादेवीले आगो निभाउन खोज्दा छोरालाई लिएर भागिहाल् भनेर गाली गरेको बयान लालमतीले प्रहरीसमक्ष दिएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार