Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • पूर्व प्रधानन्यायाधीशहरुलाई नधम्क्याऊन प्रचण्ड-नेपाल समूहको चेतावनी

    पूर्व प्रधानन्यायाधीशहरुलाई नधम्क्याऊन प्रचण्ड-नेपाल समूहको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । प्रचण्ड–नेपाल समूहले पूर्वप्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएको भन्दै आपत्ति जनाएको छ ।

    संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै आएका छन् । आइतबार मात्र राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आलोचना गरेका थिए ।



    नेकपा प्रचण्ड–नेपाल समूहले भने प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको हो ।



    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार