Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित पक्राउ

    स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 3.7K
    SHARES

    सांकेतिक तस्विर

    लहान । स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।



    कपडाको झोलाभित्र रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार