Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • युनाइटेड, आर्सनल र लेस्टर एफए कपको चौथो चरणमा

    युनाइटेड, आर्सनल र लेस्टर एफए कपको चौथो चरणमा

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, आर्सनल र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएका खेलहरु जित्दै यी क्लब राउण्ड अफ ३२ मा पुगेका हुन् ।

    युनाइटेडले घरेलु मैदानमा वाटफोर्डलाई १-० ले हरायो । युनाइटेडको जितमा खेलको पाँचौ मिनेटमै स्कट म्याटोमिनेले गरेको गोल निर्णायक बन्यो ।



    यस्तै आर्सनलले न्यूकासल युनाइटेडलाई २-० ले हरायो । निर्धारित समयमको खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा दुई गोल गर्दै आर्सनलले खेल जितेको हो । ३० मिनेट थप गरिएको खेलमा बर्सनलका लागि एमिल स्मिथ रोवेले १०९औं र पिएरे एमरिक ओबामेयाङले ११७औं मिनेटमा गोल गरे ।



    उता लेस्टरले स्टोक सिटीलाई ४-० ले हरायो । लेस्टरका लागि जेम्स जस्टिनले ३४औं, मार्क अल्ब्रिङ्गटनले ६०औं, आयोज पेरेजले ७९औं र हार्भे बार्न्सले ८१औं मिनेटमा गोल गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार