Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मेस्सी र ग्रिजमन चम्कदा बार्सिलोनाको सानदार जित

    मेस्सी र ग्रिजमन चम्कदा बार्सिलोनाको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 3.6K
    SHARES

    जेन्सी । कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनको समान दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ग्रानडामाथि ४–० को सानदार जित निकालेको छ ।

    बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा फराकिलो जित निकालेको हो । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।



    ग्रानडामा शनिबार राति भएको खेलमा बार्सिलोनाले खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । ३५औं मिनेटमा ग्रिजमनको पासमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।



    ४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ६३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सानदार जित दिलाए ।

    यो जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँगको अंक दुरी कम कम गरेको छ । तीन खेल कम खेलेको एट्लेटिकोको ३८ तथा रियलको ३७ अंक छ । बार्सिलोनाको ३४ अंक पुगेको छ । पराजित ग्रानडा २४ अंकसहित सातौ स्थानमा रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार