Online Nepal
  • बुधबार, २ माघ २०८१
  • अनुदानको खोपको पर्खाइमा सरकार

    अनुदानको खोपको पर्खाइमा सरकार

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ ।

    विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।



    संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ । खोप बन्न थालेसँगै विश्वमा विभिन्न मुलुकले प्रि–अर्डर गर्न शुरू गरिसकेका छन् भने अमेरिका, चीन, कोस्टारिका, रसिया, चिली, बेलारुसलगायत देशले खोप लगाउन थालिसकेका छन् ।

    हाम्रै छिमेकी मुलुक भारतले पनि खोपको प्रिअर्डर गरेको छ भने आफै पनि खोप निर्माण गरिरहेको छ । अन्य देशहरूले कोरोना खोप खरीदको प्रक्रिया अघि बढाइसकेकोमा नेपाल भने अझै अनुदानको खोपको प्रतीक्षामा रहेको छ । नेपालले हालसम्म कुनै पनि खोपको प्रिअर्डर गरेको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार