Online Nepal
  • बुधबार, २ माघ २०८१
  • नेपालमा हाइड्रोजन इन्धनको अध्ययन गरिँदै

    नेपालमा हाइड्रोजन इन्धनको अध्ययन गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ ।

    पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महìवपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्षेत्रमा अग्रसर भएको हो ।



    निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले ऊर्जा क्षेत्रको भविष्य अनुमान गरेरै तत्काल काम थाल्न निगम अग्रसर भएको जानकारी दिए । “हाइड्रोजनका बारेमा विश्व धेरै अगाडि बढेको छ, यो प्रविधि ल्याउन प्रयोग गर्ने र स्वदेशी सफा ऊर्जा हाइड्रोजनको प्रवद्र्धनमा निगमले ढिला नगरी काम सुरु गरेको हो,” उनले भने, “हाइड्रोजन भविष्यको बलियो र उत्तम स्रोत हो भन्ने बुझेर काम नगरिए हामी पछाडि पर्न सक्छौँ ।”

    पौडेलका अनुसार निगम अब हाइड्रोजन उत्पादनका लागि नीतिगत कानुनी समस्या के छन्, त्यो सल्टाउने र यो क्षेत्रमा लगानीको वातावरण बनाउन लागिपर्नेछ । निगमको आकलनमा आगामी पाँच वर्षभित्र नेपालमा हाइड्रोजन इन्जिनजडित सवारी साधन भित्रिइसकेका हुनेछन् र त्यसमा हाइड्रोजन इन्धन आपूर्ति गर्न निगम तयार हुनेछ । निगमले यससम्बन्धी अध्ययन अनुसन्धान लगायतको प्रबन्धका लागि काठमाडौँ विश्वविद्यालय (केयू)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

    निगम र विश्व विद्यालयबीचको समझदारी पत्रमा निगमका निर्देशक दीपक बराल र विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन डा। डम्बरबहादुर नेपालीले हस्ताक्षर गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार