Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पूर्वप्रधानन्यायाधीशहरूलाई प्रधानमन्त्री ओलीको यस्तो चेतावनी

    पूर्वप्रधानन्यायाधीशहरूलाई प्रधानमन्त्री ओलीको यस्तो चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशहरुलाई अदालतलाई नधम्क्याउन सचेत गराएका छन्

    आज आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन प्रकरणमा न्यायाधीशहरुले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाएका हुन् ।



    कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने-‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्, म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’



    प्रधानमन्त्री ओलीले अघि भने–‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ? स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

    यसअघि चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए ।

    मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारा प्रयोग गरेर संसद भंग गरिएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार