Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रकाशमान सिंहले भने-चुनाव कुनै पनि हालतमा हुँदैन

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वकाे सरकारमाथि कटाक्ष पाेखेका छन्।

शनिबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर नबस्ने बताए।

नेता सिंहले झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको भन्दै आलाेचना गरे। संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार हटाइएको भन्दै असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने बताए ।

कांग्रेस नेता सिंहले अघि भने, ‘दुई तिहाईको सरकार भन्ने, तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ रु’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077