Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रचण्ड–माधव समूहमा आलोपालो अध्यक्ष

    प्रचण्ड–माधव समूहमा आलोपालो अध्यक्ष

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले आलोपालो अध्यक्ष हुने गरी निर्णय गरेकाे छ।

    बैठकले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको हो ।



    आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, माधव नेपालले अध्यक्षता गरेकाले पहिलो बरियतामा राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । ‘कोही पनि दुई नम्बर हुनुहुन्न। दुवै एक नम्बर हुनुहुन्छ’, पाण्डेले भने ।



    पुष्पकमल दाहाल ‘प्रचण्ड’कै प्रस्तावमा नेपाल पहिलो र प्रचण्ड दोस्रो बरियतामा रहेर बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार