Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • फरार नौ प्रतिवादी पक्राउ

    फरार नौ प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा सम्लग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुको खोजी कार्य अभियान अन्तर्गत प्रहरीले ती प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो ।

    लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्षदेखि फरार व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ भदौ २६ गते एक वर्ष कैद र रु पाँच हजार जरीवाना सुनाएको थियो ।



    प्रहरीका अनुसार चोरी मुद्दामा एक, सवारी ज्यान मुद्दामा एक, कुटपिटमा तीन, जालसाजीमा एक, सार्वजनिक अपराधमा एक, गाली बेइज्जतीमा एक प्रतिवादी पक्राउ परेका छन् ।



    जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकाहरुबाट एक वर्ष कैद र एक लाख ७५ हजार दुई सय ९० जरीवाना असुल गर्न बाँकी छ । उनीहरुलाई शुक्रबार अदालत समक्ष उपस्थित गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार