Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भारतीय सैनिक नै पाकिस्तानी खुफिया एजेन्सीका एजेन्ट , व्हाट्सएपबाट सूचना दिँदा पक्राउ

    भारतीय सैनिक नै पाकिस्तानी खुफिया एजेन्सीका एजेन्ट , व्हाट्सएपबाट सूचना दिँदा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 4.3K
    SHARES

    एजेन्सी। भर्खरै अवकाशप्राप्त भारतीय सेनाका एक सैनिकलाई देशद्रोहीको आरोपमा पक्राउ गरिएको छ।

    भारतीय संचारमाध्यमका अनुसार उत्तर प्रदेश एटीएसले लखनउको सैन्य खुफिया इकाईले दिएको तथ्यका आधारमा पूर्व सैनिक सौरभ शर्मालाई पक्राउ गरेको छ।



    पूर्व सैनिक शर्मामाथि २०१६ देखि कराचीमा एक पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको लागि काम गरिरहेको आरोप छ।



    यूपी एटीएसले अर्को आरोपितलाई गुजरातको गोधराबाट पक्राउ गरेको छ।

    एटीएसले प्राप्त गरेको सूचना पछि सौरभ शर्मालाई उत्तर प्रदेशको हापुरको बिहुनी गाउँमा उनको हजुरवुवाको निवासबाट पक्राउ गरिएको थियो।

    सैन्य गुप्तचरले सौरभ राष्ट्र विरोधी गतिविधिमा संलग्न रहेको र पाकिस्तानको गुप्तचर एजेन्सीलाई गोप्य सूचना दिएको  पत्ता लगाएका थिए ।

    सौरभ शर्माले  पाकिस्तानी खुफिया एजेन्सीसँग काम गरेको स्वीकार गरेका थिए ।

    उनी २०१४ मा पाकिस्तान खुफिया एजेन्सी आईएसआईको  सम्पर्कमा आएका थिए ।

    शर्माले २०१६ सम्म पाकिस्तान एजेन्सीलाई जानकारी दिए र बदलामा उनी पैसा पाउने गर्थे। उनले व्हाट्सएपमा फोटो, भिडियो र अडियोमार्फत जानकारी दिने गर्थे।

    जुन २०२० मा उनले स्वास्थ्यका कारण  अवकाश लिए।

    यी देश विरोधी कार्यहरूको रेकर्ड उनको फोनबाट प्राप्त गरिएको छ।

    यस सम्बन्धमा गोमती नगर पुलिस चौकीमा आईपीसीको धारा १२० बी, धारा १२३ र अफिसियल सेक्रेट ऐनको धारा ३, ४, ५  र ९ तथा युएपीएको धारा १३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

    शर्मालाई  अदालतमा पेश गरिएको छ।  एटीएसले अदालतलाई थप अनुसन्धानको लागि हिरासतमा राख्न आग्रह गरेको छ ।

    शर्माको बारेमा लखनउ सैन्य खुफिया इकाई, यूपी एटीएस र केन्द्रीय अनुसन्धान एजेन्सीहरूले थप अनुसन्धान गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार