काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तका बलत्कारीलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल मार्फत प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ‘निर्मला पन्तका बलत्कारीलाई पक्राउ गर’ भन्नेलाई नभएर वास्तविक दोषीलाई पक्राउ गर्न माग गरेका हुन् ।
आज धनगढीमा भएको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, ‘निर्मलालाई न्याय दे’लेखेर पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको सन्दर्भलाई लिएर प्रवक्ता शर्माले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन ।
उनले भनेका छन् ‘साँच्चै निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्रीज्यु?’
प्रश्न गर्नेलाई होईन, @PM_Nepal दोषीलाई पक्राउ गर्नोस् l प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो !
सांचै “निर्मला पन्तको बलात्कारी खै ?´´ प्रधानमन्त्रीज्यु ? pic.twitter.com/v3Lpc6IQA1
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 8, 2021
Leave a Reply