Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • फरार अभियुक्त बाह्र वर्षपछि पक्राउ

    फरार अभियुक्त बाह्र वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 3.2K
    SHARES

    राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले चार महिनाको अवधिमा ३०९ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

    सप्तरी जिल्ला अदालतले विभिन्न शीर्षकको मुद्दामा कैद र जरिवाना तोकेका ३०९ जना अभियुक्तलाई पक्राउ गरेको हो ।



    अदालतबाट भएको फैसला कार्यान्वयनका क्रममा ३०९ जना अभियुक्तबाट ६० वर्ष ९ महिना २२ दिन कैद असुल गरेको हो। उनीहरुबाट १० लाख ९८ हजार ३२५ रुपियाँ जरिवाना समेत असुल गर्न सफल भएको सप्तरी प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सप्तरी प्रहरीले १२ वर्षपछि पक्राउ गरेको ज्यान मार्ने उद्योगका अभियुक्तलाई सार्वजनिक गर्दै चार महिनाको अवधिमा ठूलो सङ्ख्यामा फरार अभियुक्त पक्राउ गरेको जानकारी दिएको हो ।

    सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार फैसला कार्यान्वयनका लागि स्थानीय तह, प्रहरी निकाय, सरोकारवाला निकाय तथा नागरिक समाज लगायत सवै क्षेत्रको अपरिहार्य सहयोग र समन्वय आवश्यक देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार