Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • धनगढी आमसभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने पक्राउ

    धनगढी आमसभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवकलाई पक्राउ गरेको छ ।

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टका अनुसार धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ गरिएको हो ।



    केही युवालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नामठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार