Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • ओलीको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ भन्दै प्रश्न उठ्यो

    ओलीको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ भन्दै प्रश्न उठ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 3.7K
    SHARES

    धनगढी।  धनगढीमा नेकपा ओली समूहको जनसभामा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्त खोइ भन्दै प्रश्न उठाइएको छ।

    धनगढीस्थित खुुला मञ्चमा सुरु भएको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बोधन गर्दै छन्।



    सभामा सहभागीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका छन् । सहभागीले ‘निर्मला पन्तको बलात्कारी खै? र निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर सरकारलाई प्रश्न गरेका हुन।



    २०७५ साउन मा  निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।  सरकारले अहिलेसम्म पनि अभियुक्तलाई पक्राउ गरेको छैन ।

    यता, ओलीको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन्।

    जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार