Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओली धनगढी आउँदा सुरक्षा व्यबस्था कडा, विमानस्थलमा सेना परिचालन

    ओली धनगढी आउँदा सुरक्षा व्यबस्था कडा, विमानस्थलमा सेना परिचालन

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.1K
    SHARES

    धनगढी । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् ।

    धनगढीको खुलामन्चमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभामा ५० हजार कार्यकर्ता आउने दाबी गरिएको छ ।



    जनसभाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।



    जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरीसहित अन्य नेताहरु पनि  धनगढीमै सक्रिय छन् ।

    जिल्ला सुरक्षा समिति धनगढीको बैठकबाट तय गरिएको सुरक्षा रणनीति अनुसार जिल्लाभर सुरक्षा कडा पारिएको छ। धनगढी विमानस्थलमा भने सेना परिचालन गरिएको छ।

    विभिन्न स्थानमा एक हजार सात सय बढी सुरक्षाकर्मी खटाइएको छ । त्यस्तै,  सादा पोसाकका दर्जनौ प्रहरी खटाइएको  छ।

    नेकपा ओली गुटको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढी आउन लागेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार