Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'नेपाललाई सिक्किम बनाउन भारतीय योजनामा संसद बिघटन गरियो'

दाङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद बिघटन भारतीय योजनामा भएको आरोप लगाएका छन्।  अध्यक्ष  केसीले भारतको साथ र सहयोगमा संसद बिघटन गरिएको पनि दाबी गरे  ।

बिहीबार घोराहीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै केसीले भने, ‘भारतीयको साथ र समर्थनमा केपी ओलीले संसद बिघटन गरेका हुन। ओली एक्लैले यस्तो कदम उठाएका होइनन् । भारतको सहयोगमा मात्रै यो सम्भव भएको छ ।’

नेपाललाई सिक्किम बनाउने योजना अन्तर्गत भारतले यस्तो हर्कत अपनाएको केसीले ठोकुवा गरे । नेपालले नयाँ नक्सा जारी गरेपछि नै भारतमा खैलाबैला मच्चिएर नेपालमा नयाँ चलखेल सुरु भएको उनको तर्क थियो ।

उनले थप भने, 'लिपुलेक, लिम्पियाधुरासहित नेपालको नक्सा जारी भएपछि नै भारतले यहाँ खेल्न थालेको हो र जसरी पनि भारत  नेपाललाई सिक्किम बनाउने योजनामा छ ।

संविधान जारी गर्ने बेलादेखि नै भारतले नेपालमा प्रत्यक्ष चलखेल गरिरहेको केसीले बताए ।

केसीले भने, ‘भारतले नाकाबन्दी जारी गर्दासमेत नेकपाले राष्ट्रियताको पक्षामा अडान लिएका कारण मात्रै हामीले सरकारलाई समर्थन गरेका थियौं। अहिले केपी ओलीसहितका नेताहरुले नै राष्ट्रियता बिर्सन थाले । भारत नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ । शुरुमा हिन्दु राज्य र पछि सिक्किम बनाउने योजना अन्तर्गत संसद बिघटन भयो। '

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077