Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रदेश संरचना संघीयताको मुटु हो : शेरधन राई

    प्रदेश संरचना संघीयताको मुटु हो : शेरधन राई

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना सङ्घीयताको मुटु भएको बताएका छन् । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको उनले बताए ।

    आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएका मुख्यमन्त्री राईले प्रदेश नं १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि सङ्घीयताको मुटु प्रदेश भएकाले यसलाई समृद्ध बनाउनुपर्ने बताए ।



    उनले प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको तर्क गरे ।



    प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको उनले बताए । मुख्यमन्त्री राईले भने, “चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।” समस्या पहिचान भएकाले उपचारको प्रक्रिया शुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ छ ।

    प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकाबारे विभागीय मन्त्रीलाई पटकपटक सचेत गराएको उहाँले बताए । उनले मन्त्रालयमा देखिएको बेथितिलाई पूर्णरुपमा निर्मूल गर्न निर्देशन दिए ।

    प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उनले बताए । प्रदेशमा प्रणालीको विकास गरी अनुसन्धानमा आधारित विकास कार्यअघि बढाइने उनले बताए ।

    पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिए पनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीलाई उहाँले आग्रह गरे । मुख्यमन्त्री राईले भने, “प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।”

    आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले विश्वास व्यक्त गरे । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उनले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार