Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

    अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 5.9K
    SHARES

    काठमाडौं । आगामी माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

    अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटकभन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क काट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।



    यसअघि कोरोना महामारीको बेलामा जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पनि पैसा नलाग्ने नियम बनाएको राष्ट्र बैंकले अब पैसा लाग्ने नियम बनाएको हो ।



    यस्तै ग्राहकलाई पूर्व सूचना दिएर र अनुमति लिएर बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एसएमएस जस्ता विद्युतीय कारोबारको शुल्क लिन पाउने भएका छन् । अहिलेसम्म यो व्यवस्था नरहेको र अब भने अनुमति लिएर र जानकारी गराएर शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारको पूर्ण सुरक्षाको प्रबन्ध मिलाएर विद्युतीय कारोबारमा प्रयोगकर्ताको युजर नेम र पासवर्ड हराएमा आफै प्राप्त गरेर फेरि सेवा सुरु गर्न सक्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार