Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आईजीपीले लगाइदिए डिआईजीहरुलाई फूली, आचरण पनि सुधार्न निर्देशन

    आईजीपीले लगाइदिए डिआईजीहरुलाई फूली, आचरण पनि सुधार्न निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी ) शैलेश थापा क्षेत्रीले  एसएसपीबाट बढुवा सिफारिस भएका डिआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।



    गृह मन्त्रालयको  पुस २२ गतेको निर्णय अनुसार एसएसपीबाट डिआईजी पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन ।



    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने डिआईजीहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्य रहेका छन् ।

    समारोहमा आईजीपी क्षेत्रीले पदोन्नति भएका डिआईजीहरुलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिएका छन् ।

    समारोहमा एआईजीहरु, डिआईजीहरु, एसएसपीहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार