काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १११ महिला र १४० पुरुष गरी २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसँगै काठमाडौँमा उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १ लाख २२ हजार ७५७ पुगेको छ ।
यस्तै नेपालमा आज थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Leave a Reply