Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • बिप्लब समूहका तीन नेता पक्राउ , प्रचण्डले बिप्लबलाई उचालेको सरकारको आशंका

    बिप्लब समूहका तीन नेता पक्राउ , प्रचण्डले बिप्लबलाई उचालेको सरकारको आशंका

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको बिरोधमा प्रतिवन्धित बिप्लब समूहको भातृ संगठन अखिल क्रान्तिकारी  पनि अन्य संगठनसँग मिलेर गतिबिधि गरेको आशंकामा सरकारले निगरानी बढाएको छ।

    आन्दोलनमा बिप्लब समूहको घुसपैठ हुन सक्ने भन्दै सरकारले सतर्कता अपनाएर कारवाही थालेको छ । यसक्रममा विप्लव समूहका तीन जना नेता काठमाडौंबाट पक्राउ परेका छन्।



    पक्राउ पर्नेमा  काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही छन् ।



    महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र  प्रहरीको विशेष ब्युरोको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको  छ ।

    उनीहरुविरुद्ध  काठमाडौं प्रहरी परिसर, टेकुले चन्दा असुली प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

    केही दिन अघि बिप्लब पुत्र प्रकाश चन्दले नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर बाबुको सन्देश सुनाएपछि प्रहरीले सतर्कर्ता अपनाएको स्रोतले वतायो।

    प्रचण्ड पत्नी सितालाई भारत जान्नु अघि प्रकाशले भेटेको तस्बिर सार्वजनिक भएको थियो। सोही क्रममा प्रचण्ड र प्रकाशबीच वार्ता भएको थियो। जुन कुरालाई प्रहरीले गम्भिर रुपमा लिएको वताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार