Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्प समर्थकले संसदमा आक्रमण गरेपछि भड्कियो हिंसा, मृतक संख्या चार पुग्यो

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

हिंसा भड्किएपछि जारी गरेको कर्फ्यू उल्लंघन गर्दै भएका प्रदर्शनपछिका झडपमा थप तीन जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरूको मृत्युको कारण ‘हेल्थ इमरजेन्सी’ (उपचार अभाव)भएको बताइएको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेपछि त्यहाँ हिंसा भड्किएको थियो । सोक्रममा एक महिलाको प्रहरीको गोली लागेरै मृत्यु भएको थियो ।

ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै उनका समर्थकहरूले त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077