Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • संसद विघटनविरुद्ध नेविसंघले उल्टो हिँडेर प्रदर्शन गर्ने

    संसद विघटनविरुद्ध नेविसंघले उल्टो हिँडेर प्रदर्शन गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । संघीय संसदकाे प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले विरोध प्रदर्शन गर्ने भएको छ । 

    नेविसंघको केन्द्रीय कमिटीले पुस २४ गते शुक्रवार (भोलि) काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।



    संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै भोलि दिउँसो १ बजे माइतरमा उल्डो हिँडी प्रदर्शन गर्न लागेको हो ।



    संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम संविधान विपरित भएकाले सांकेतीक रुपमा उनको कदमको उल्डो हिँडेर प्रदर्शन गर्न लागेको हो ।

    त्यस्तै नेपाली कांग्रेसले संसद विघटनको विरुद्ध पुस २५ गतेबाट शुरु गर्न लागेको विरोध प्रदर्शनलाई सफल बनाउन समेत आह्वान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार