Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ट्रम्पको उक्साहटले अमेरिकामा भड्कियो हिंसा, गोली लागेर एक महिलाको मृत्यु

    ट्रम्पको उक्साहटले अमेरिकामा भड्कियो हिंसा, गोली लागेर एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने डाेनाल्ड ट्रम्पको प्रयासले अमिरिकामा हिंसा भड्किदा एक महिलाकाे ज्यान गएकाे छ।

    गोली लागेर एक महिलाको मृत्यु भएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्। हिंसा भड्किएपछि राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू समेत लगाइएको छ ।



    वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो । यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे ।



    प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरे र अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । यसै क्रममा हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस् एक्सनमा उत्रियो । क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो । ती महिलाको अस्पतालमा मृत्यु भयो । उनको परिचय भने खुलेको छैन ।

    करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार