Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • उत्तर कोरियाली नेता किमले रुँदै जनतासँग माफी मागे

    उत्तर कोरियाली नेता किमले रुँदै जनतासँग माफी मागे

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 2.9K
    SHARES

    एजेन्सी। उत्तर कोरियामा आर्थिक संकटका कारण  नेता किम जोङ उनले जनतासँग माफी मागेका छन् ।

    उत्तर कोरियाका मानिसहरु जो एक नराम्रो चरणबाट गुज्रिरहेका छन् उनीहरु निराश र दु:खी छन्।



    यस्तो अवस्थामा उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो आर्थिक असफलताको लागि माफी माग्दै जनताको घाउ निको पार्ने प्रयास गरेका छन्।



    उत्तर कोरियाका शासक किमले भने , ‘देशले अहिलेसम्म सबैभन्दा खराब चुनौतिहरूको सामना गरिरहेको छ र हामी यस चुनौतीलाई आन्तरिक एकताका साथ पार गर्नेछौं।’

    सत्तारुढ पार्टीमा देशको लागि नयाँ आर्थिक नीति घोषणा गर्ने सम्भावना छ।

    आणविक कार्यक्रमहरूका कारण पृथक उत्तर कोरियाको आर्थिक स्थिति यति नराम्रो छ कि किम आफैंले पनि स्वीकार गरेका छन्।

    यसअघि पनि उत्तर कोरियाली नेता किमले आफ्ना नागरिकहरूको जीवनमा सुधार ल्याउन नसकेको भन्दै माफी मागेका थिए ।

    वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवको सैनिक परेडमा भावुक हुँदै किमले आफ्ना सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए। सोही क्रममा उत्तर कोरियाली जनतासँग माफी मागेका थिए।

    आँधीबेरीले पुर्‍याएको क्षति र कोरोना भाइरसको महामारी फैलिनबाट रोकेकोमा किमले कार्यक्रममा सहभागी हजारौं सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए।

    किम भावुक हुँदा आँशु पुछ्दै गरेको भिडिओ राज्यद्वारा सञ्चालित एक टेलिभिजनमार्फत सार्वजनिक भएको थियो। टेलिभिजनद्वारा सार्वजनिक भएको भिडिओमा कतिपय दर्शक समेत रोएको देखिन्छ।

    आणविक हतियार तथा ब्यालिस्टिक मिसाइलका कारण उत्तर कोरियासँग विभिन्न राष्ट्रले व्यापारमा प्रतिबन्ध लगाएका छन्।

    तर अहिले कोरोना भाइरसको महामारी फैलिनबाट जोगाउन उत्तर कोरियाले नै आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय नाकाहरू बन्द गरेको छ। जसकारण उत्तर कोरियाको अर्थतन्त्रमा थप असर परेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार