Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी गराएका हुन् ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट पारेका छन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी ओली समूहका हुन् ।

आर्थिक मामला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पुष्टि गरे ।

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व यो प्रदेशमा रहेको छ । यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077