Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • खैरो हेरोइनसहित दुई जना पक्राउ

    खैरो हेरोइनसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    धरान । प्रहरीले सुनसरीको धरानबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा धरान-१३ का २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका-५ का २४ वर्षीय सन्दीप राई रहेका प्रहरीले जनाएकाे छ। उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।



    शंकास्पद अवस्थामा प्रधानलाई फेला परेपछि शरीर खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।



    थप सोधपुछका क्रममा प्रधानले केराबारी सन्दीपबाट खरिद गरेको बयान दिएका थिए । तत्कालै सन्दीपको खोजी गर्दा धरान वडा नम्बर–६, पानबारीमा खैरो हेरोइन खरिद गर्ने ग्राहक पर्खेर बसेको बेला पक्राउ परेको डीएसपी बस्नेतले बताए । यसबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार