Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कोरोना अनुसन्धानको लागि गएका विज्ञलाई चीनले प्रवेश दिएन

    कोरोना अनुसन्धानको लागि गएका विज्ञलाई चीनले प्रवेश दिएन

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न जान लागेको आफ्नो टिमलाई अझै अनुमति नदिएको बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले संयुक्त राष्ट्र संघका दुई जना वैज्ञानिक अनुसन्धानका लागि आफ्नो मुलुक छाडिसकेको बताएका छन् ।

    डब्ल्यूएचओका अनुसार अनुसन्धानको लागि गएका दुई वैज्ञानिकलाई चीन प्रवेशमा रोक लगाइएको छ । चीनले भिसा नदिएको कारण एकजना वैज्ञानिक फर्किइसकेका छन् भने एकजना तेस्रो मुलुकमा छन् ।



    डब्ल्यूएचओका प्रमुख डाक्टर गेब्रेयेससले मंगलबार चीनले डब्ल्यूएचओका वैज्ञानिकहरुलाई मुलुक प्रवेशको अनुमति नदिनु दुखद् भएको बताएका छन् ।



    यसअघि चीनले डब्ल्यूएचओले पठाएका अन्तर्राष्ट्रिय विज्ञहरुको समुहलाई मुलुकमा अनुसन्धान गर्न दिने बताएको थियो । डब्ल्यूएचओका प्रमुखले आफूले चिनियाँ अधिकारीहरुसँग यस विषयमा छलफल गरिराखेको र यो अनुसन्धानको लागि जोड दिँदै आएको बताएका छन् ।

    सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस पहिचान भएको थियो । यस विषयमा अनुसन्धानको लागि लामो समयदेखि प्रयास भइरहेको भए पनि डब्ल्यूएचओले जनवरी महिनाबाट कोरोनाको उत्पत्तिबारे अनुसन्धान सुरु हुने बताएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार