Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चितवनमा किन भएन एसपीको सरुवा ? पर्साबाट तानिएका राठौरलाई मकवानपुरको इन्चार्ज

    चितवनमा किन भएन एसपीको सरुवा ? पर्साबाट तानिएका राठौरलाई मकवानपुरको इन्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 5.8K
    SHARES

    काठमाडौंं । प्रहरी प्रधान कार्यालयले हिजो निकालेको सरुवामा कतिपय एसपीलाई सरुवा भएको एक बर्ष नपुग्दै इन्चार्ज दिइएको छ भने कतिपय बिबादास्पदले पनि महत्वपूर्ण ठाउँ पाएका छन्। सरुवामा आईजीपी शैलेश थापा क्षेत्री चुकेका छन्।

    क्षेत्री आँफैले बनाएको आचरसँहिता बिपरित सरुवा गरेका छन्।



    हिजोको सरुवा अनुसार झापामा सानुराम भट्टराई, पर्सामा बेलबहादुर पाण्डे , मकवानपुरमा सोमेन्द्रसिंह राठौर, काभ्रेमा भूपेन्द्र खत्रीलाई पठाइएको छ ।



    त्यस्तै सिन्धुलीमा आभूषण तिमल्सिना, कञ्चनपुरमा उमा प्रसाद चर्तुेवेदी, बारामा दिपेन्द्र शाही तथा धनुषामा प्रकाश रानाभाटलाई पठाइएको छ ।

    सानुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीका खास मान्छे हुन ।

    चितवनका एसपीको  अवधि पुगे पनि त्यहाँ जान चाहनेहरुबीच चर्को प्रतिस्पर्धा भएपछि एसपी नान्तिराज गुरुङको थमौती भएको छ।

    चितवन जानका लागि एसपी सोमेन्द्रसिंह राठौर, प्रहरी एकेडेमीमा कार्यरत एसपी भूपेन्द्र खत्री, अपराध महाशाखाका एसपी इश्वर कार्की, श्यामकृष्ण अधिकारीलगायतको  प्रतिस्पर्धा चलेको थियो।

    तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कसैले पनि ग्रिन सिग्नल नपाएपछि चितवनमा सरुवा हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओली र बालुवाटारको समुह भने चितवनमा प्रचण्डले भनेको नमान्ने र परेको बेला प्रचण्ड – माधव पक्षलाई पेल्न सक्ने एसपी पठाउने योजनामा छ ।

    स्रोतका अनुसार चितवन सरुवा हुनका लागि एसपी राठौर सबैभन्दा बढी शक्तिकेन्द्र धाएका थिए । नेकपा नफुट्दासम्म चितवनमा सरुवा हुन पुष्पकमल दाहाल‘प्रचण्ड’को संकेत चाहिन्थ्यो ।

    तर, नेकपा विभाजनपछि बालुवाटारको निगाहा प्राप्त नभएसम्म चितवन सरुवा हुन नपाउने अवस्था छ । राठौर प्रचण्डको निकट भएर चितवन जान खोजे पनि नेकपा विभाजनपछि बालुवाटारतिर मिलाउने कसरतमा लागेका थिए।

    तर, उनको ‘बहुरुपीपन’ बालुवाटारले बुझेपछि मकवानपुरमा सरुवा गरिएको गृह स्रोतले वतायो।  उनी  पर्सामा हुँदा हुन्डी कारोबार र तस्करहरुसँग मिलेको सूचना पाएपछि तत्कालीन गृह सचिव प्रेमकुमार राईको निर्देशनमा ८ महिनामै तानिएको थियो ।

    बाहिर हेर्दा स्वच्छ देखिने राठौरको खराब व्यक्तिहरुसँग उठबस रहँदै आएको केही दिन अघिको एक तस्बिरले नै प्रस्ट पारिसकेको छ।

    हालका एआईजी विश्वराज पोखरेल काठमाडौं परिसरको प्रमुख छँदा सट्टेबाजी गिरोहका नाइके गौरव तिवारी पक्राउ परेका थिए। त्यतिखेर अपराध महाशाखामा रहेका राठौरको गौरव तिवारीसँग कनेक्सन देखिएको थियो।

    तिवारीले राठौरकी श्रीमतीमार्फत् कारोबार गर्ने गरेको छानबिनका क्रममा खुलेको थियो । तिवारी पक्राउ परेपछि उनको मोवाइल चेक गर्दा भाइबर र इमोमा राठौरकी श्रीमतीसँग कनेक्सन देखिएको प्रहरी स्रोत बताउँछ । तर, राठौर कारवाहीमा पर्ने भएपछि अनुसन्धान गर्ने समुहले कारोबारको विवरण नै डिलिट गरेको थियो।

    सट्टेबाजी गिरोहका नाइके गौरव तिवारी अहिले मास्क र सेनिटाइजरको व्यबसायमा लागेपनि प्रहरी संरक्षणमै पुरानो धन्दा गरिरहेका छन् ।

    एसपी राठौरको मिटरब्याजी अनुराग कुँवरसँग पनि कनेक्सन देखिएको छ । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार श्रेष्ठ ‘घैंटे’ को समूहका अनुराग कुँवरले राठौरसँग सेटिङ गरी केही दिन इटहरीका बिबादास्पद ठेकेदार नगेन्द्र श्रेष्ठबिरुद्द चेक बाउन्समा उजुरी दिएका थिए ।

    कुँवरकै सेटिङमा राठौरले श्रेष्ठलाई चेक बाउन्समा इटहरीबाट पक्राउ गरी काठमाडौं ल्याएका थिए । करोडौं करोड रुपैयाँ फसेकाहरुको बारेमा बेवास्ता गर्ने परिसरले ३० लाखको चेक बाउन्समा श्रेष्ठलाई इटहरीबाट पक्राउ गरी प्रहरीले बैँकिङ कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।

    उनै राठौर कुँवरको जन्मदिनमा बर्दी नै लगाएर पुगेका थिए। उनले कुँवरसँग कुम मिलाएर तस्बिर नै खिचेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार