काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नभई राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन्।
‘आफूले काम गर्न नसके राजीनामा दिनुपर्नेमा प्रतिनिधि सभालाई विघटन गरिएको छ, त्यो असंवैधानिक छ,'मंगलबार जनता समाजवादी पार्टी (जसपा) ले गरेको अन्तर्क्रियामा श्रेष्ठले भने, ‘यदि उहाँलाई पार्टीको तर्फबाaट दुख दिएको हो भने, काम गर्न नपाएको हो भने धारा १०० अनुसार विश्वासका मत लिनुपर्ने थियो ।
बीचैमा म छोड्छु भन्ने हो भने राजीनामा दिने अधिकार संविधानले दिएको छ ।’
उनले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा कि संसदको सामना गर्ने कि राजीनामा दिने विकल्पमात्रै संविधानले दिएको बताएका हुन् ।
राजनीतिक स्थिरताका लागि प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था नै संविधानमा नराखिएको भन्दै श्रेष्ठले प्रधानमन्त्रीले परम्परागत अभ्यास भन्नु असंवैधानिक भएको बताए ।