Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भन्सार छली ल्याइएको गाडी र कपडा बरामद

    भन्सार छली ल्याइएको गाडी र कपडा बरामद

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 2.5K
    SHARES

    कैलाली । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो ।

    भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो ।



    भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताए । ‘‘बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिने छ’’, शाहले भने, ‘‘भन्सार छली ल्याउनेलाई बिगोबमोजिमको जरिवाना र सजायसमेत हुन सक्ने व्यवस्था छ ।’’ रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार