Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बलात्कार मुद्दामा प्रहरी जवानलाई ७ वर्ष कैद सजाय

    बलात्कार मुद्दामा प्रहरी जवानलाई ७ वर्ष कैद सजाय

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    नवलपरासी पश्‍चिम । बलात्कारमा संलग्न दुई प्रहरीलाई कैद सजाय ताेकिएकाे छ।

    लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङका २३ वर्षीय पटेश्वरी यादव र डडेलधुराका २५ वर्षीय प्रेम खड्कालाई बलात्कार मुद्दामा जिल्ला अदालत पश्चिम नवलपरासीले दोषी ठहर गर्दे कैद सजायको फैसला सुनाएको हाे ।



    अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलासले यादवलाई १२ र खड्कालाई ७ वर्षको कैद सजाय फैसला भएको बताए ।



    जिल्लाको सुनवलमा घाँसपात गर्न आएका स्थानीय १५ वर्षकी बालिका र १८ वर्षकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा गत वर्षको जेठमा मुद्दा दायर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार